Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशले अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्छ : सूर्य थापा

प्रधानन्यायाधीशले अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्छ : सूर्य थापा

‘माधव र प्रचण्ड एमालेसँग मिल्न नसक्नु उनीहरुकै लागि दुख’
  • मंगलवार, श्रावण १७ २०७९

  • 912
    SHARES

  • प्रधानन्यायाधीशले अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्छ : सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले चोलेन्द्र शमशेर जवरा प्रधानन्यायाधीशका रुपमा अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्ने बताउनुभएको छ ।

    जवराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव साढे पाँच महिनासम्म पनि अलपत्र अवस्थामै रहेकोे सन्दर्भमा नेता थापाले संसद्ले यो प्रस्ताव टुङग्याउने सामथ्र्य राख्दैन भने, सभामुख अग्नि सापकोटाले अगाडि बढाउनुहुन्न भने जवरा अदालतमा जानुपर्ने उहाँको तर्क छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भन्नुभयो, ‘दर्ता भएको महाअभियोग प्रस्ताव संसद्ले यदि टुङग्याउने सामथ्र्य, ल्याकत देखाउदैन भने, सभामुख अग्नि सापकोटाले यसलाई अगाडि बढाउहुन्न भने कसैमाथि पूर्वाग्रहमा, नियोजित रुपमा, बनिबनाउनका आधारमा महाअभियोग जस्तो विषयलाई आफ्नो स्वार्थको रोटी सेक्ने माध्यम बनाउन हुन्न ।’

    यस्तै नेता थापाको अर्को प्रसंगमा माधव नेपाल समूह र माओवादी केन्द्र एमालेसँग मिल्न नसक्नु उनीहरुकै लागि दुखको कुरा भएको बताउनुभएको छ ।

    एमालेसँग पनि मिल्न नसक्ने, आफू–आफू पनि मिल्न नसक्ने समाजवादी केन्द्र बनाउने भनेर नेपाली कांग्रेसमाथि दवाव बढाउन दुईचार दिन फुर्ती लाएको आरोप समेत लगाउनुभएको छ ।

    एक्लै नसक्ने र आफ्नो भविष्यदेखि र अस्तित्व रक्षाका लागि छट्पटाइरहेका तत्वहरुले तालमेलको मुरली बजाइरहेको बताउँदै नेता थापाले त्यस्तो मुरलीको धुन सुनेर लठ्ठीने जनसमुदाय नभएको प्रस्ट पार्नुभयो ।

    उनीहरुको अवस्था स्थानीय तहको निर्वाचनमा जनताले देखाइदिएको नेता थापाको भनाइ छ । स्थानिय निर्वाचनमा एमालेले आफूलाई आन्तरिक रुपमा समस्याबाट अझ व्यवस्थित गर्न सकेको भए उनीहरुको तालमेलले केहि गर्न नसक्ने नेता थापाको टिप्पणी छ । नेकपा एमाले अहिले तालमेलमा नभएर जनतासँगको गठबन्धन र सेवामा लागेको नेता थापाले दाबी गर्नुभयो ।


    मंगलवार, श्रावण १७ २०७९०७:२९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij