Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गर्भवती महिला सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

गर्भवती महिला सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.9K
    SHARES

  • गर्भवती महिला सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा गर्भवती महिला सहित थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ ।

    अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।

    प्रवक्ताका चौरसियाका अनुसार उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।
    उपचारकै क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।

    यसैबिच , पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालीका ११ निवासी ३२ वर्षीया महिलाको आज बिहीवार बिहान उपचारका क्रममा मृत्यु भएको हो। 

    उनलाई ७ गते अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।

    यसैगरी, वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको आज बिहान नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ ।

    चिकित्सकका अनुसार कोरोना र मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

    यसैगरी, गयराति नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभएको छ ।

    यता, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गयराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभएको छ ।
    भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले जानकारी दिनुभयो । योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

     


    बिहिवार, भाद्र ११ २०७७१०:१६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij