Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव

ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.8K
    SHARES

  • ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव

    काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा दलहरुले निर्णय कार्यान्वयन गराउने भएपनि नेपालमा उल्टो भएको उनीहरुको भनाई छ ।

    बरिष्ठ चिकित्सक डा. अरुण कुमार सिंहले पोखरेल नेतृत्वको समितिले निर्णय गर्ने व्यवस्था हुनु नै गलत भएको दावी गर्नुभयो ।
    “पोखरेलजीको कमिटि साईन्टीफिक छैन, विज्ञहरुको साइन्टीफिक कमिटि बनाउनु पर्छ, त्यसले निर्णय गर्नुपर्छ र कार्यान्वयन गर्ने निकायहरुले कार्यान्वयन गर्नुपर्छ,” नेपाली नेटवर्कसँग उहाँले भन्नुभयो ।

    उहाँले अन्य देशहरुमा विज्ञहरुको उच्चस्तरीय टोली बनेको, त्यसले निर्णय गर्ने गरेको र कार्यान्वयनका लागि विपक्षी दलसहितको समिति बनाइएको जानकारी पनि दिनुभयो ।

    कोरोनाभाइरसको महामारीले सवैलाई उत्तिकै असर पारेकाले नियन्त्रण गर्ने जिम्मेबारी पनि सवैको भएको बताउदै उहाँले सरकारले प्रतिपक्षलाई सँगसगै लिएर जानुपर्नेमा जोड दिनुभयो ।

    “कोरोनाबाट काँग्रेस मात्र मरेका छैनन, कम्युनिष्टहरु पनि मरेका छन्, त्यसैले प्रधानमन्त्रीले अहंता त्याग्नुपर्योे ,” डा सिंहले भन्नुभयो ।
    प्रधानमन्त्रीको अहंताकै कारणले तयारीका लागि नेपालले पर्याप्त समय पाएर पनि केही नगरेको उहाँले आरोप लगाउनुभयो ।

    उहाँले स्थीतिलाई नियन्त्रणमा राख्नका लागि आफुले पनि धेरै योजना बनाएको जानकारी दिदै केन्द्रीय स्तरमा २५ हजार शैया, हरेक प्रदेशमा पाँच हजार र हरेक निर्वाचन क्षेत्रमा पाँच सय शैया कोरोना सङ्क्रमितका लागि तत्काल बनाउन सुझाव दिनुभयो ।

    चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको अभाव रहेको भन्ने सरकारी भनाईको खण्डन गर्दै उहाँले नेपालमा पर्याप्त स्वास्थ्यकर्मीहरु रहेको दावी गर्नुभयो ।

    उहाँले मेडिकल काउन्सीलका अनुसार २६ हजारभन्दा बढी चिकित्सक नेपालमा रहेको र ती मध्ये झण्डै दुई सय जनाले मात्रै अहिले कोरोनाका लागि काम गरेको बताउनुभयो ।

    काउन्सीलमा दर्ता भएका सवैलाई परिचालन गर्न सकिने, मेडिकल कलेजमा पढ्दै गरेका र नर्सिङ कलेजमा पढ्दै गरेकालाई पनि १०÷१५ दिनको तालिम दिएर उपचारमा पूर्ण रुपमा खटाउन सकिने डा. सिंहको भनाई छ ।

    उहाँले झण्डै ३० हजार चिकित्सकहरुलाई परिचालन गर्न सकिने र उनीहरुले स्थीतिलाई नियन्त्रणमा लिनसक्ने दावी पनि गर्नुभयो ।
    ललितपुरको सर्वाङ्ग अस्पतालमा कार्यरत कलेजो सम्वन्धी रोगका विशेषज्ञडा. सिंहले नेपालमा अहिले कमजोर पद्धतीबाट कोरोनाको उपचार भइरहेकाले निको हुने दर कम भएको जानकारी दिनुभयो ।

    महामारीको मौकामा चरम ठगी भइरहेको बताउदै उहाँले त्यस्तालाई प्रधानमन्त्रीले नजोगाए कस्ले जोगाएको छ त भनेर प्रतिप्रश्न पनि गर्नुभयो । 

     

     


    बिहिवार, भाद्र ११ २०७७०८:३८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij