काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरू तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताउनुभएको छ ।
काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उहाँको भनाइ छ ।
पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राख्नुभएको हो । उहाँले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताउनुभयो । काठमाडौंले गरेका गल्ती नदोहोर्याउन अन्य महानगरलाई उहाँले आग्रह गर्नुभयो ।
सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गर्दै अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दबाबमा निर्णय लिने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उहाँको भनाइ छ ।
एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उहाँले बताउनुभयो ।