Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शान्तिश्री र सारिकाको स्वरमा तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक(भिडियोसहित)

शान्तिश्री र सारिकाको स्वरमा तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक(भिडियोसहित)

  • आइतवार, श्रावण १५ २०७९

  • 816
    SHARES

  • शान्तिश्री र सारिकाको स्वरमा तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक(भिडियोसहित)

    काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही क्रममा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेश काजीको संगीत तथा एरेञ्ज गीतमा छ । 

    गीतको भिडियोमा सात दिदीबहिनीको कथा बुनिएको छ । रोशन बुढाथोकीको कोरियो ग्राफ रहेको भिडियोमा रश्मि भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य छ ।

    ६०  बढी कोरस प्रयोग गरिएको भिडियो राहुल राईको छायाङ्कन र विष्णु शर्माको सम्पादन छ । 

     


    आइतवार, श्रावण १५ २०७९०१:५५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij