Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चितवनका प्रयोगशालामा गरिएको परिक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि

चितवनका प्रयोगशालामा गरिएको परिक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि

  • बिहिवार, भाद्र ११ २०७७

  • 897
    SHARES

  • चितवनका प्रयोगशालामा गरिएको परिक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि

    चितवन। चितवनमा गरिएको परिक्षणमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एकजना ५ महिनाका बालक पनि रहेका छन् ।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।

    चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए।

    यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ। माडीमा ५ महिने बालक पनि छन्। वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन्।

    पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। लकडाउन खुलेपछि पहिलोपटक संक्रमण पुष्टि भएको हो। त्यस्तै, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।
    उनीहरूमध्ये एक जनाले क्यान्सर अस्पताल भरतपुर र अर्काले रत्ननगरबाट स्वाब दिएका थिए । तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

     


    बिहिवार, भाद्र ११ २०७७०७:२४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij