Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनार्दन शर्मामाथि छानबिन समितिले गरेको प्रतिवेदनबारे बोले ओली

जनार्दन शर्मामाथि छानबिन समितिले गरेको प्रतिवेदनबारे बोले ओली

  • शनिवार, श्रावण १४ २०७९

  • 980
    SHARES

  • जनार्दन शर्मामाथि छानबिन समितिले गरेको प्रतिवेदनबारे बोले ओली
    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताउनुभएको छ । 
     
    समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ। 
     
    राष्ट्रिय युवा सङ्घ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारूढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गर्नुभयो । 
     
    अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पार्नुभयो । 
     
    समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो । 
     
    अध्यक्ष ओलीले सत्तारूढ दलहरूले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकिर समेत गर्नुभयो । 
     
    देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।  
     


    शनिवार, श्रावण १४ २०७९०७:२६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij