Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साढे एक केजी सुनसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

साढे एक केजी सुनसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

  • बिहिवार, श्रावण १२ २०७९

  • 853
    SHARES

  • साढे एक केजी सुनसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् । 
     
    दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६१० ग्राम सुनसहित पक्राउ गरेको हो । 
     
    उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
     
    प्रहरीकाअनुसार उनले सुन भित्री वस्त्रमा सेतो रङको प्लास्टिकभित्र लुकाएर राखेका थिए । 
     
    अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ । 


    बिहिवार, श्रावण १२ २०७९०५:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij