Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना कहर झनै बढ्दै, २४ घण्टामा ११ जनाको मृत्यु

नेपालमा कोरोना कहर झनै बढ्दै, २४ घण्टामा ११ जनाको मृत्यु

  • बुधवार, भाद्र १० २०७७

  • 1.4K
    SHARES

  • नेपालमा कोरोना कहर झनै बढ्दै, २४ घण्टामा ११ जनाको मृत्यु


    काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ९ जना पुरुष र दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार बाराका ४१ र ४६ वर्षीय पुरुष गरी दुईजना, कैलालीका ४५ र ५० वर्षीय पुरुष गरी दुई जना, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष गरी तीन जना, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, मोरङकी ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

    यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

    नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो।

    योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।

    हालसम्म १९ हजार ५०४ जना घर फर्किएका छन्। यस्तै काठमाडौँ उपत्यकामा थप ३०१ संक्रमित देखिएका छन्। पछिल्लो चौबिस घण्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका हुन्।


    बुधवार, भाद्र १० २०७७०४:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij