Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा शक्तिकेन्द्रहरुको चलखेल बढ्यो : हरिबोल गजुरेल

नेपालमा शक्तिकेन्द्रहरुको चलखेल बढ्यो : हरिबोल गजुरेल

‘नेपाल एसपीपीमा जाँदैन’
  • बिहिवार, श्रावण १२ २०७९

  • 856
    SHARES

  • नेपालमा शक्तिकेन्द्रहरुको चलखेल बढ्यो : हरिबोल गजुरेल

    काठमाडौं । माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले नेपालमा शक्तिकेन्द्रहरुको चलखेल बढेको बताउनुभएको छ ।

    नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर अगाडि नबढाउन निर्णय गरेको समयमा अमेरिकाले आफ्नो स्वार्थलाई केन्द्रित गरेर भ्रमण भएको हुन सक्ने नेता गजुरेलले आशंका व्यक्त गर्नुभयो । सरकारले निर्णय गरिसकेको र गठबन्धनमा पनि सहमती भइसकेकाले नेपाल एसपीपीमा नजाने पनि नेता गजुरेलले बताउनुभयो ।

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने प्रसंगमा नेता गजुरेलले नेपाली रेडिया नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शक्तिकेन्द्रहरुको चलखेल बढेकोमा चासो र चिन्ता व्यक्त गर्दै यसको बीचबाट कसरी अगाडि बढ्ने सम्भावना पनि रहेको बताउनुभयो ।

    अमेरिकी सहायक विदेशमन्त्री आज साँझ नेपाल आउने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण cद्द भएसँगै उहाँको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गर्नुभएको थियो ।

    उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । एसपीपी अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

    यस्तै अर्को प्रसंगमा नेता गजुरेलले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आरजु राणालाई अगाडि बढाउने र माओवादीले समर्थन गर्ने भन्ने बाहिर सार्वजनिक कुरा गलत भएको दाबी गर्नुभयो। गठबन्धनमा र प्रधानमन्त्री स्वयम् देउवाले पनि यस्तो कुरा कहिकतै नगरेकाले यो कुरा भ्रमपूर्ण भएको उहाँको भनाइ छ ।

    आरजुले पटकपटक भारतिय जनता पार्र्टीका विदेश विभाग प्रमुखसँग गरेको भेटवार्तालाई लिएर यस्ता हल्ला गरिएको कुराको खण्डन गर्दै नेता गजुरेलले उहाँहरुबीचको भेटवार्ता नेपालभारतबीचको सम्बन्धलाई सहज बनाउनेबारे हुन सक्नेतर्फ संकेत गर्नुभयो ।


    बिहिवार, श्रावण १२ २०७९०७:२२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij