Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाको हौवा फिँजाएर विपक्षीले जनतामा डर, त्रास देखाए : मन्त्री रेग्मी

श्रीलंकाको हौवा फिँजाएर विपक्षीले जनतामा डर, त्रास देखाए : मन्त्री रेग्मी

  • बुधवार, श्रावण ११ २०७९

  • 722
    SHARES

  • श्रीलंकाको हौवा फिँजाएर विपक्षीले जनतामा डर, त्रास देखाए : मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी पार्टीलाई मद्दत पुग्ने गरी बोल्न नहुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले आजको सरकारले मात्रै अर्थतन्त्रमा समस्या नआएकाले चुनावको मुखमा राष्ट्रपतिले यसरी बोल्न नहुँने बताउनुभएको हो ।

    विश्व अर्थतन्त्रमै समस्या आएको बताउँदै मन्त्री रेग्मीले श्रीलंकाको हौवा फिँजाएर विपक्षीले जनतामा डर, त्रास देखाएको आरोप लगाउनुभयो ।

    यस्तै मन्त्री रेग्मीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बचाउन सत्तापक्ष नलागेको पनि स्पष्ट पार्नुुभएको छ ।

    रेग्मीले भन्नुभयो, ‘अर्थमन्त्रीबारे छानबिन भइरहेको छ । अहिल नै उहाँ मन्त्रीमा फर्कने वा नफर्कने कसरी भन्ने ? संसदीय विशेष समितिमा प्रतिपक्षका सांसदहरु पनि हुनुहुन्छ नि । अनि कसरी बचाउन चलखेल हुन्छ ? प्रमाण बिना आरोप लगाउनु भएन, भएको कुरा लुकाउनु पनि भएन ।’
    सरकारले मंसिरमै चुनाव हुने गरी सरकारले तयारी थालेको पनि उहाँको भनाइ छ ।

    वामपन्थी पार्टीहरु जुटे पनि कांग्रेससँगको गठबन्धनमा कुनै समस्या नआउने उहाँको विश्वास छ ।


    बुधवार, श्रावण ११ २०७९०९:००:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij