Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
सीसीटीभी फुटेज प्रकरण

मान्छे देखिने तर नचिनिने बनाइसकेपछि छानबिनको लागी तयार भएको एमाले नेता भट्टराईको आरोप

मान्छे देखिने तर नचिनिने बनाइसकेपछि छानबिनको लागी तयार भएको एमाले नेता भट्टराईको आरोप

  • बुधवार, श्रावण ११ २०७९

  • 1.3K
    SHARES

  • मान्छे देखिने तर नचिनिने बनाइसकेपछि छानबिनको लागी तयार भएको एमाले नेता भट्टराईको आरोप

    काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सीसीटीभी फुटेजमा मान्छे आएको देखिने तर को हो भन्ने नचिनिने बनाइसकेपछि छानबिनको लागी तयार भएको आरोप लगाउनुभएको छ ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्ता बदमासहरुलाई चेपेर हिडे कांग्रेसकोलागि पनि ठुलो घाटा हुने नेता भट्टराईले चेतावनी दिनुभयो ।

    यसकारण पनि राष्ट्रपति विद्या भण्डारीले अर्थतन्त्रको बारेमा भनेको कुरा सत्य भएको भट्टराईको भनाइ छ । राष्ट्रपति भण्डारीले हिजो विभिन्न सञ्चारमाध्यमका प्रकशक र सम्पादकसँग मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मीतव्ययिता अवलम्बन गर्न नसकेको गुनासो गर्नुभएको थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले चुनावमा अर्वौ खर्च गर्न तयार हुने माओवादीसँग यस्तै स्रोतबाट पैसा असुल्ने, चुनाव जित्ने र मनपरि गर्ने प्रवृती रहेको समेत दाबी गर्नुभयो । यहि सोमबार माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताएको प्रसंगमा नेता भट्टराईले यस्तो आरोप लगाउनुभएको हो ।

    यस्तै नेता भट्टराईले सबै प्रमाणहरु लुकाएर मात्रै अर्थमन्त्री शर्माले राजीनामा दिएको आरोप समेत लगाउनुभएको छ ।

    नेता भट्टराईले भन्नुभयो, ‘हामी (एमाले) ले सुरुवातदेखि नै बजेट निमार्णमा देशप्रति गद्दार भएको विषयलाई छानविन गरौं अर्थमन्त्रीले राजीनामा दिएर छानविनको मार्गप्रशस्त गरिदिनुस् भनेर सुरुदेखि नै कुरा उठायौँ, तर उहाँहरुले कहिल्यै सुन्नुभएन । लगातार हामीले कुरा उठायौँ जव प्रमाणहरु मेटिदैँ गए, सबै लुकाउदै जानुभयो, सबै ठिक पार्नुभयो अनि बल्ल उहाँ (जनार्दन शर्मा)ले राजीनामा दिनुभयो । अनि सबै प्रमाणहरु लुके ।’

    पूर्वअर्थमन्त्री शर्मा कुनै पनि हालतमा निर्दोस सावित नहुने नेता भट्टराईको दाबी छ ।


    बुधवार, श्रावण ११ २०७९०७:५६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij