काठमाडौं । नेपालमा फेरि कोरोनाको जोखिम उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार(आज) थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।