Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पारित नागरिकता विधेयकले थुप्रै समस्या निम्त्याउने सांसद देवकोटाको भनाइ

पारित नागरिकता विधेयकले थुप्रै समस्या निम्त्याउने सांसद देवकोटाको भनाइ

  • मंगलवार, श्रावण १० २०७९

  • 756
    SHARES

  • पारित नागरिकता विधेयकले थुप्रै समस्या निम्त्याउने सांसद देवकोटाको भनाइ

    काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकले थुप्रै समस्या निम्त्याउने बताउनुभएको छ ।
    नागरिकतालाई भारतसँग मात्र जोडेर हेर्न नमिल्ने बताउँदै उहाँले नेपालमा चीनलगायत तेस्रो मुलुकका नागरिक पनि रहेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘कतिपय बर्मेली, बंगलादेशी पनि नक्कली नागरिकता बनाएर विदेश पुगेका भेटिन्छन् । गरिबीको दुष्चक्रका कारण कतिपय नेपाली लोभलालचमा परेका छन् । कतिपय विदेशी महिला आपराधिक गतिविधिमा संलग्न छन् । अब तिनले नेपाली युवकलाई फकाइफुल्याई विवाह गरेर सजिलै नागरिकता पाउन भए ।’


    वैवाहिक अंगीकृत नागरिकताको प्रावधान घातक रहेको पनि सांसद देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो, ‘नागरिकता संविधानसँग जोडिएको विषय हो । तर संविधान बनाउँदा यसलाई थाती राखियो । संसदको राज्यव्यवस्था समितिमा २ वर्षसम्म सहमति भएन । बहुमतले दिएको प्रतिवेदन स्वीकार्नुपर्नेमा अल्पमतको स्वीकार गरियो । एक हातले सिन्दूर लगाउने अर्को हातले नागरिकता दिने वैवाहिक अंगीकृतको प्रावधान घातक छ । यसरी हातहातमा तुरुन्त नागरिकता दिनुहुन्न ।’

    भारत र नेपालको नागरिकतासम्बन्धी प्रावधानमा फरक–फरक गरिन नहुनेमा सांसद् देवकोटाको जोड रहेको छ । देवकोटाले थप्नुभयो, ‘भारतमा वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्छ । विवाह गरेर जाने हाम्रा छोरीले भारतमा सात वर्ष कुर्नुपर्ने, उताकाले विवाह लगत्तै पाउने ? सेना प्रहरीमा त एक वर्षे परीक्षणकाल हुन्छ । नागरिकतामा एक वर्ष पनि नपर्खने ?’


    मंगलवार, श्रावण १० २०७९०८:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij