Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालबालिकामा कडा ज्वरोको संक्रमण बढ्दै, एडिनो भाइरसको आशङ्का

बालबालिकामा कडा ज्वरोको संक्रमण बढ्दै, एडिनो भाइरसको आशङ्का

  • आइतवार, श्रावण ८ २०७९

  • 834
    SHARES

  • बालबालिकामा कडा ज्वरोको संक्रमण बढ्दै, एडिनो भाइरसको आशङ्का
    काठमाडौं । महाराजगञजस्थित कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता ओपीडी (बहिरङ्ग) तथा आकस्मिक कक्षमा भाइरल जीवाणुको संक्रमणले गर्दा ज्वरो आएका बालबालिकाको संख्या बढ्न थालेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताउनुभयो । 
     
    अस्पताल प्रशासनको तथ्याङ्क अनुसार ओपिडीमा दैनिक ९०० भन्दा बढी र आकस्मिक कक्षमा ३०० सयको हाराहारीमा बिरामी आउने गरेका छन् । चिकित्सकहरूका अनुसार अस्पतालमा ओपीडी सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ ।
     
    ज्वरो आउने, आँखा पाक्ने, घाँटी दुख्ने, शरीर दुख्ने जस्ता समस्या देखापरेको डा. बसौलाले बताउनुभयो । 
     
    चिकित्सकका अनुसार एडिनो भाइरसले गर्दा बालबालिकाको एकतिरको आँखा पाक्ने, रुघाखोकी, कडा ज्वरो, निमोनिया गराउने, तथा जन्डिस गराउने हुन्छ । ‘एडिनो भाइरस बेला–बेला आइराख्ने हुन्छ । पहिला पनि बेला–बेला देखिन्थ्यो । अस्पतालमा बढी भीडभाड बढेपछि केही मिल्दोजुल्दो लक्षण भएकाले एडिनो भाइरसको आंशका गरिएको हो,’ अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँले बताउनुभयो ।
     
    ‘जाडो मौसममा बालबालिकामा ज्वरो आउँदा तीन–चार दिनमा निको हुने र सामान्य खालको हुन्थ्यो । तर अहिले कडा ज्वरो देखिएको छ’, डा। चापागाईँले  भन्नुभयो, ‘अधिकांश बालबालिकालाई को हुन ७ दिनभन्दा बढी लाग्छ । ज्वरो १०३ वा १०४ डिग्री आइराखे एन्टिबायोटिक औषधि चलाउनुपरेको छ ।’ कान्ति बाल अस्पतालले बालबालिकामा एडिनो भाइरसको शङ्का लागेर केही नमुना परीक्षणका लागि टेकु पठाएको छ ।
    बालबालिकामा यस्तो समस्या देखिँदा आत्तिनु नपर्ने उनी सुझाव दिन्छन् । यस्तो लक्षण देखिए, पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने डा। चापागाईँको सुझाव छ ।
     
    ‘निरन्तर ज्वरो आएपछि अभिभावक आत्तिनुभएको छ । व्यक्तिगत सरसफाइ, खानपानमा ध्यान, सिटामोल तथा पानीपट्टी गर्नुपर्छ । यस्ता समस्याबाट हुने मृत्युदर कम छ,’ डा. चापागाईँले भन्नुभयो ।


    आइतवार, श्रावण ८ २०७९०७:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij