Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज पुनः बैठक बस्ने

उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज पुनः बैठक बस्ने

  • बुधवार, भाद्र १० २०७७

  • 961
    SHARES

  • उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज पुनः बैठक बस्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे हिजोको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पनि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक पुनः बस्ने भएको छ । यसअघि हिजो बसेको वैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय गर्न सकेन ।

    हिजो दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र आज विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिनुभएको छ ।

    त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र आज पुनः बैठक बस्ने बताउनुभयो । यस अघि भदौ ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार आज राती १२ः०० बजेसम्मका लागि रहेको छ ।

     


    बुधवार, भाद्र १० २०७७०६:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij