Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा पनि भेटियो ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ 

नेपालमा पनि भेटियो ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ 

  • बिहिवार, श्रावण ५ २०७९

  • 820
    SHARES

  • नेपालमा पनि भेटियो ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ 
    काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ ।
     
    धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।
     
    कोरोना संक्रमण पुष्टि भएको २२ वटा नमुनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरू देखिएका छन् ।
     
    ‘बीएफ.वान अहिलेसम्म नेपालमा देखिएको थिएन । तर, हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रिपोर्टिङ गरेका छौं । ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ,’ अस्पताल स्रोतले बताएको छ । 
     
    स्रोतका अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको छ ।
     
    ‘पछिल्लो समयमा संक्रमण बढ्नुमा ‘बीए.फाइभ’ कै हात रहेको छ ।
     
    यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।
     
    विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ । पछिल्लो दुई हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमा दोस्रो डोज खोप लगाएकाहरू पनि पाइएको छ ।
     
    अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा.सन्तोष दुलालले अहिले पुष्टि भएका ओमिक्रोनको उपप्रजातिमा खोपको प्रभावकारिता कम भएको बताएका छन् । उहाँका अनुसार कुल संक्रमितमध्ये ‘बीए।फाइभ’ ले ८० प्रतिशतलाई संक्रमण गराएको छ ।


    बिहिवार, श्रावण ५ २०७९०४:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij