एजेन्सी । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ३८ लाख ३८ हजार ६६ पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना संक्रमणबाट विश्वमा हालसम्म ८ लाख १७ हजार ६२० जनाको मृत्यु भइसकेको छ भने १ करोड ६३ लाख ८० हजार ५ सय ६९ जना निको भएर घर फर्किएका छन् ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ३१ लाख नाघेको छ । त्यहाँ ३१ लाख ६ हजार ३४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ४०८ संक्रमित थपिएका छन् । सोही अवधीमा ८३६ संक्रमितको मृत्यु भएको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।