Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भीम रावलले एक्लै ‘रोष्टम कब्जा’गरेपछि...

भीम रावलले एक्लै ‘रोष्टम कब्जा’गरेपछि...

  • बुधवार, श्रावण ४ २०७९

  • 1.1K
    SHARES

  • भीम रावलले एक्लै ‘रोष्टम कब्जा’गरेपछि...
    काठमाडौं । नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिनुभएको छ ।  
     
    बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उहाँले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वयन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गर्नुभएको हो । 
     
    सभामुखको ड्यासमा सत्या पहाडीले अध्यक्षता गर्नुभएको थियो। उहाँले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मान्नुभएन । उहाँले भन्नुभयो–‘नेपाल सरकारलाई गाह्रो पर्‍यो, अमेरिकालाई पत्र पठाउन रुलिङ गर्नुपर्‍यो । प्रतिनिधि सभाको यो बैठकले सहयोग गर्नुपर्‍यो । सरकारले रुद्ध गर्ने निर्णयको स्वागत गर्छु । प्रतिनिधि सभाको ताकत सरकारलाई देखाउनुपर्‍यो ।’
     
    धेरैबेर रावलले माग गरेपछि केही सांसदहरुले नियमापत्ति जनाए । साथै केही सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गरे । तर पहाडीले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावल रोष्टमबाट झर्नुभएन् । 
     
    सभामुखको ड्यासमा रहेकी पहाडीको जोर नचलेपछि सभामुख अग्नि सापकोटा ड्यासमा आइपुग्नुयो । रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै उहाँले उठाएको कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न भन्नुभयो । तर सांसद रावल पछि हट्नुभएन् । राष्ट्रियताको विषय भएकोले विषयान्तर नभएको जिकिर गर्दै उहाँले सरकारलाई रुलिङ गर्दै एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नका लागि रुलिङ गर्न माग गरिरहनुभयो। केही सिप नलागेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । 
     
    बैठकमा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट सहभागितामूलक सदस्यका रुपमा स्वीकृत गर्ने सम्झौताको प्रावधानमाथिको छलफलमा सहभागी हुने क्रममा रावलले एसपीपी सम्झौताको विषयमा प्रवेश गरेर सभामुखलाई रुलिङ गर्न माग गर्नुभएको हो । 


    बुधवार, श्रावण ४ २०७९०४:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij