Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रनिल विक्रमासिंघे चुनिए श्रीलङ्काको नयाँ राष्ट्रपति 

रनिल विक्रमासिंघे चुनिए श्रीलङ्काको नयाँ राष्ट्रपति 

  • बुधवार, श्रावण ४ २०७९

  • 968
    SHARES

  • रनिल विक्रमासिंघे चुनिए श्रीलङ्काको नयाँ राष्ट्रपति 

    काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।

     
    बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिस्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ।
     
    विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलङ्काको प्रधानमन्त्री बनेका थिए। 
     
    श्रीलङ्काको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लेख गरिएको छ।
     
    विक्रमासिंघेका प्रतिस्पर्धी दलास अलाहप्पेरूमा ८२  र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।
     
    श्रीलङ्काको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलङ्काको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।
     
    यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसद्ले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन। 
     
    विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए।
     
    प्रदर्शनकारीहरूले विक्रमासिंघेलाई राष्ट्रपति स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने यकिन छैन। किनकि उनीहरूले बुधबार पनि विक्रमासिंघेलाई राष्ट्रपति बनाउन नहुने भन्दै प्रदर्शन गरिरहेका छन्। 
     


    बुधवार, श्रावण ४ २०७९०१:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij