Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेले आज बागमतीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै

एमालेले आज बागमतीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै

  • बुधवार, श्रावण ४ २०७९

  • 556
    SHARES

  • एमालेले आज बागमतीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै
    काठमाडौं । नेकपा एमालेले बुधबार(आज) बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ ।  आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । 
     
    काठमाडौंस्थित प्रज्ञा भवनमा हुने बागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिब १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिनुभयो। प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन्। 
     
    त्यस क्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भूमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनुहुने छ । त्यस्तै नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिनुहुने छ । यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।


    बुधवार, श्रावण ४ २०७९११:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij