Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशका यी क्षेत्रमा आज बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

देशका यी क्षेत्रमा आज बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

  • बुधवार, श्रावण ४ २०७९

  • 677
    SHARES

  • देशका यी क्षेत्रमा आज बाढीको खतरा, सतर्कता अपनाउन आग्रह
    काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र पश्चिम सेती तथा यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुनेछ ।
     
    पश्चिम राप्ती र बबईका तराई क्षेत्र भई बहने सहायक नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आकस्मिक बहाव भई केही नदीहरूमा जल सतह सतर्कता तह आसपाससम्म पुग्न सक्ने जनाइएको छ ।
     
    बाँके, बर्दिया, कैलाली भई बहने साना नदी र डुबान भइरहने होचा स्थानहरूमा आज उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
     
    आज झापा, इलाम, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, तनहुँ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
    1.jpg2.jpg


    बुधवार, श्रावण ४ २०७९०९:४३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij