Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिवि शिक्षण अस्पतालद्वारा एमडीमा दरखास्त आह्वान

त्रिवि शिक्षण अस्पतालद्वारा एमडीमा दरखास्त आह्वान

  • बुधवार, श्रावण ४ २०७९

  • 547
    SHARES

  • त्रिवि शिक्षण अस्पतालद्वारा एमडीमा दरखास्त आह्वान
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ। प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार(आज) सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो।
     
    योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।
     
    करार सेवामा पदपूर्तिका लागि अस्पतालले एमडी मागेको हो। फाराममा एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
    notice triwi.jpg


    बुधवार, श्रावण ४ २०७९०९:१६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij