Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधवार, श्रावण ४ २०७९

  • 674
    SHARES

  • आजको मौसम पूर्वानुमान :  यी प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । आज देशभर बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतर्फ रहेको पनि महाशाखाले जनाएको छ।
     
    हाल लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,वाग्मती र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
     
    यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
     
    देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।


    बुधवार, श्रावण ४ २०७९०७:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij