Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रोकिएका नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, साउन ८ र ९ गते १०० जना उड्दै

रोकिएका नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, साउन ८ र ९ गते १०० जना उड्दै

  • मंगलवार, श्रावण ३ २०७९

  • 634
    SHARES

  • रोकिएका नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, साउन ८ र ९ गते १०० जना उड्दै
    काठमाडौं । गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया  सुरु भएको छ । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
     
    इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरू मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौँस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ । 
     
    विभागले भिसा आएकाहरूलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १ विरुद्धको खोप लगाएको विवरण पेस गर्न साउन ४ गतेको समय दिएको छ । ८ र ९ गते हुने उडानका लागि सीलिंक होलिडेबाट हवाई टिकट बुकिङ गर्न सकिने जनाइएको छ । त्यसका लागि ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकिएको छ । 
     
    इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउनेछन् । 
     
    विभागको इजरायल र जापान शाखाका निर्देशक श्रीचन्द्र साहले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्नका लागि जीवन बिमा गरेको हुनुपर्ने बताउनुभयो । त्यसका साथै कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने उहाँको भनाइ छ ।  
     
    विभागले १०० जना कामदारको विवरण समेत सार्वजनिक गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच एक हजार जना नेपाली सहायक कामदार लैजाने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विभागले आवेदन आह्वान गरेर एक हजार एक सय ७५ जनाको अन्तिम लिष्ट निकालेको थियो । जसमध्ये २९७ जना गत पुस र माघमा नै इजरायल पुगिसकेका छन् । बाँकी रहेका कामदार अहिलेसम्म जान पाएका थिएनन् । 
     
    इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलनको कारण लामो समयदेखि नेपाली कामदार लैजाने प्रक्रिया रोकिएको नेपालस्थित इजरायली दूतावासले जनाएको थियो । 
     
    त्यसका लागि नेपालले पटक पटक ताकेका गरेको थियो । त्यसबीचमा नेपाली अधिकारीले इजरायल अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेर समेत रोकिएको प्रक्रिया तत्काल खोल्न आग्रह गरेका थिए । जवाफमा कर्मचारीको आन्दोलनका कारण प्रक्रिया अवरुद्ध भएको र चाँडै नै सुरु गरिने आश्वासन दिएका थिए । 
     
    लामो समय रोकिएको प्रक्रिया सुरु भएसँगै विभागले द्रुत गतिमा काम अगाडि बढाएको निर्देशक साहले बताउनुभयो । छनोटमा परेका कामदारको स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, श्रम स्वीकृति लगायतका कार्यहरु तीव्रताका साथ अगाडि बढेको उहाँको भनाइ छ । बाँकी रहेका कामदार लैजाने प्रक्रिया २४ असारबाट सुरु भएको थियो । 
     


    मंगलवार, श्रावण ३ २०७९०२:४१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij