Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बजेट प्रकरण : समितिले गर्‍यो सीसीटीभीबारे अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ

बजेट प्रकरण : समितिले गर्‍यो सीसीटीभीबारे अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ

  • आइतवार, श्रावण १ २०७९

  • 593
    SHARES

  • बजेट प्रकरण : समितिले गर्‍यो सीसीटीभीबारे अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ
    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको जनाएको छ ।
     
    आइतबार(आज) सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसहितका पदाधिकारीहरूसँग सोधपुछ गर्ने तयारी रहको बताइएको छ।
     
    समितिका सचिव सुरेन्द्र अर्यालले आज अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताउनुभयो ।
     
    आज नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सचिव अर्यालले जानकारी दिनुभयो । हिजो समितिले मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो ।
     
    सचिव अर्यालका अनुसार आज नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीहरूसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी गरिएको छ ।
     
    आर्थिक वर्ष २०७९÷०८० को बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएर राजस्व दरमा हेरफेर गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको छ। 
     


    आइतवार, श्रावण १ २०७९०४:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij