Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भैरहवा र पर्सामा गरी दुईजना कोरोना संक्रमितको मृत्यु

भैरहवा र पर्सामा गरी दुईजना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, भाद्र ९ २०७७

  • 857
    SHARES

  • भैरहवा र पर्सामा गरी दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालमा रहेकै बेला गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि आज बिहान भीम अस्पताल लगिएको थियो ।

    भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ती व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।

    त्यस्तै, नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिनअघि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको थियो ।

    मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    कुनै ट्राभल हिस्ट्री नरहेका ती पुरुष मुटु रोगी थिए । पछिल्लो समयमा उनमा निमोनिया र खोकी पनि देखिएको थियो ।



    मंगलवार, भाद्र ९ २०७७१२:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij