Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • आइतवार, श्रावण १ २०७९

  • 562
    SHARES

  • आज थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो ।
     
    जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।
     
    आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।
     
    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, श्रावण १ २०७९०३:५१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij