Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शीर्ष नेताहरुमा विवाद छ भन्ने कुरा हावादारी प्रचार हो : राजेन्द्र लिङदेन

शीर्ष नेताहरुमा विवाद छ भन्ने कुरा हावादारी प्रचार हो : राजेन्द्र लिङदेन

  • शनिवार, आषाढ ३२ २०७९

  • 972
    SHARES

  • शीर्ष नेताहरुमा विवाद छ भन्ने कुरा हावादारी प्रचार हो : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले शीर्ष नेताहरुमा विवाद छ भन्ने कुरा हावादारी कपोकल्पित प्रचार भएको दाबी गर्नुभएको छ ।

    यस्ता भ्रमपूर्ण र गलत प्रचार गरेर केहि स्वार्थका रोटी सेक्नेलाई पार्टीले स्पष्टिकरण पनि सोधको बताउँदै अध्यक्ष लिङदेनले बाहिर प्रचारमा आएजस्तो शीर्ष नेताहरुमा कुनै विवाद नभएको प्रस्ट पार्नुभयो ।

    पार्टीमा फेरि पनि ३ जना अध्यक्ष राख्ने सहमतीको कुरा पनि नितान्त गलत कुरा भएको अध्यक्ष लिङदेनको भनाइ छ । उहाँले राप्रपा अब हिजोको जस्तो सामुहिक नेतृत्वको नाममा पदको भागभण्डा लगाएर अल्झिएर बस्ने ढंगले अगाडि नजाने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङदेनले भन्नुभयो, ‘राप्रपा जुन कार्यशैलीबाट हिडेको छ त्यसबाट सुध्रिएर, सुधार गरेर पार्टी अगाडि जानुपर्छ भन्ने उद्देश्य र मनशायकासाथ नै गएको महाधिवेशनमा विधान पनि नयाँ संरचनाको बन्यो, त्यो अनुसारको निर्वाचनसमेत भएर अहिले नयाँ ढंगबाट र नयाँ नेतृत्वकासाथ पार्टी अगाडि बढिरहेको छ । अब राप्रपालाई हिजोको जस्तै पछाडि फर्किने सुविधा र छुट छैन । अहिले राप्रपा नविन राप्रपाका रुपमा अगाडि बढिरहेको छ र यसहलाई हाम्रा अग्रजहरु (पशुपति शमशेर राणा, डाक्टर प्रकाशचन्द्र लोहनी) को साथ, सहयोग र आशिर्वाद छ र राप्रपा अब हिजोको जस्तो पछाडि फर्किने कल्पना पनि गर्न सकिन्न ।’

    यस्तै अध्यक्ष लिङदेनले अहिले पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनमा केन्द्रित रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि आसनन्न निर्वाचनको तयारीको क्रममा विगतमा विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई राप्रपामा प्रवेश गराउने, संगठनलाई मजबुत बनाउने र आवश्यक तयारीमा यतिबेला पार्टी लागिरहेको उहाँको भनाइ छ ।


    शनिवार, आषाढ ३२ २०७९०७:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij