काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नु हुने भएको छ ।
शुक्रबार नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ ।
प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ ।
शनिबार उहाँले भारतीय विदेश मन्त्री डा. एस जयशंकर भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग छुट्टा छुट्टै भेट्ने तय भएको छ ।
प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गर्नुभएको थियो ।
प्रचण्डको भ्रमण तालिका
शुक्रबारको कार्यक्रम :
भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्ने
नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट
नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी
शनिबारको कार्यक्रम :
भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटघाट
विदेश मन्त्री डा. एस जयशंकरसँग भेटघाट
विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट
फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी
भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट
आइतबारको कार्यक्रम :
प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता
भाजपा मुख्यालय भ्रमण
भाजपा अध्यक्ष जे पी नड्डासँग भेटघाट
भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी