Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन २६० जना कोरोना संक्रमित थपिए

एकैदिन २६० जना कोरोना संक्रमित थपिए

  • बिहिवार, आषाढ ३० २०७९

  • 546
    SHARES

  • एकैदिन २६० जना कोरोना संक्रमित थपिए
    काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आज एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ । हिजो २०६ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गराइएका ३८४४ नमुनामध्ये २६० नमुनाको पोजेटिभ रिपोर्ट आएको हो ।
     
    मन्त्रालयका अनुसार २०२७ नमुनाको पीसीआर र १८१७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो।आज थप ४८ जना कोरोनामुक्त भएका छन् ।
     
    मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।
     
    यस्तै, पछिल्लो २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल १४ जनाको आइसियु र १ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।
     


    बिहिवार, आषाढ ३० २०७९०४:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij