Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले लिए आगामी मौद्रिक नीतिबारे गभर्नरसँग ब्रिफिङ

प्रधानमन्त्रीले लिए आगामी मौद्रिक नीतिबारे गभर्नरसँग ब्रिफिङ

  • बिहिवार, आषाढ ३० २०७९

  • 872
    SHARES

  • प्रधानमन्त्रीले लिए आगामी मौद्रिक नीतिबारे गभर्नरसँग ब्रिफिङ
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिनुभएको छ । 
     
    जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाब लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गर्नुभएको हो । 
     
    छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गर्नुभएको थियो । 
     
    राष्ट्र बैंक र अर्थमन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको  स्रोतले जनाएको छ । 


    बिहिवार, आषाढ ३० २०७९०२:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij