Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एकै दिन थपिए १७७ जना कोरोना संक्रमित 

एकै दिन थपिए १७७ जना कोरोना संक्रमित 

  • मंगलवार, आषाढ २८ २०७९

  • 609
    SHARES

  • एकै दिन थपिए १७७ जना कोरोना संक्रमित 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । जसमध्ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
     
    पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।


    मंगलवार, आषाढ २८ २०७९०३:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij