Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण

चितवनमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण

  • सोमवार, भाद्र ८ २०७७

  • 1.1K
    SHARES

  • चितवनमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण

    चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गयराति गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला छन् ।

    यस्तै भरतपुर–९ का ४३ वर्षीया पुरुष, भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय दुई पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ की ३० वर्षीया महिला रहेका छन् ।

    मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेजमा कुल १२० जनाको स्वाब परीक्षण गरिएकोमा २० जनमा संक्रमण पुष्टि भएको जनाइएको छ।

     


    सोमवार, भाद्र ८ २०७७०८:२९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij