काठमाडौं । आफ्ना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गर्नुभएको छ ।
परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएका ओलीले बताउनुभयो ।
ओलीले मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिको स्वाब संकलनको तयारी भइरहेको जानकारी दिनुभयो ।