बाजुरा जिल्ला अस्पतालमा रहेको कोविड –१९ उपचार केन्द्र र बडिमालिका माविको आइसोलेसनबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्ला अस्पतालमा उपचारत बुढीगङ्गाका १ जना र बडिमालिकाको आइसोलेसनबाट ९ जनाले कोरोना भाइरस परास्त गरी बुधबार डिस्चार्ज भएका हुन् ।
डिस्चार हुनेमा बुढीगङ्गा नगरपालिकाकी २३ वर्षीया महिला सहित बडिमालिका नगरपालिकाका ४० वर्षका पुरुष रहेका छन् । त्यसै गरि बाजुराको जगनाथ गाउँपालिका १ जना र त्रिवेणी नगरपालिकाको १ जना पनि कोरोना जितेर घर फर्किएका छन् ।
जगनाथ गाउँपालिका १ जना कालिकोटबाट र त्रिवेणी नगरपालिका १ जना सेती अस्पतालबाट कोरोना जितेर घर फर्किएका हुन् । यो सँगै बाजुरामा कोरोना जितेर घर फर्किनेको सङ्ख्या १२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।
बाजुराका ४३९ जना कोरोना सङ्क्रमित मध्ये दुइ वर्षिय बालिकाको जेठ १९ गते कोरोनाबाट मृत्यु भएको थियो, भने बडिमालिका नगरपालिकाका एक जना पुरुषले क्वारेन्टाइनमा आत्महत्या गरेपछि उहाँको पनि कोरोना पुष्टि भएको हो जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, ४३७ जना मध्ये १० जना कोरोना जितेर घर फर्किएपछि अहिले बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२८ रहेको छ ।