Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा कोरोनाबाट थप दुईकोे मृत्यु

काठमाडौं उपत्यकामा कोरोनाबाट थप दुईकोे मृत्यु

  • आइतवार, भाद्र ७ २०७७

  • 897
    SHARES

  • काठमाडौं उपत्यकामा कोरोनाबाट थप दुईकोे मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । सहिद भक्तपुरस्थित धर्मभक्त राष्ट्रि प्रत्यारोपण केन्द्र र मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।
    मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि त्यहाँ ल्याइएको थियो ।

    त्यस्तै, ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

    त्यसैगरी, रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।

     

     


    आइतवार, भाद्र ७ २०७७०६:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij