Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको हुती नै छैन, दम नै छैन, कांग्रेस त निरीह बोल्नै नसक्ने पार्टी हो : केपी ओली

कांग्रेसको हुती नै छैन, दम नै छैन, कांग्रेस त निरीह बोल्नै नसक्ने पार्टी हो : केपी ओली

  • शुक्रवार, आषाढ २४ २०७९

  • 690
    SHARES

  • कांग्रेसको हुती नै छैन, दम नै छैन, कांग्रेस त निरीह बोल्नै नसक्ने पार्टी हो : केपी ओली
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाउनुभएको छ । 
     
    शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उहाँलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गर्नुभयो । 
     
    ‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै ।’ ओलीले भन्नुभयो, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुति छ ?’
     
    माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताउनुभयो ।  ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान् जनयुद्ध के पाएर छोडे त?’ ओलीले भन्नुभयो।
     
    जनआन्दोलन २ को अन्तिम दिन वैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गर्नुभएको छ । 


    शुक्रवार, आषाढ २४ २०७९०३:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij