नेपालमा आज थप आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ ।
हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी, होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।