Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

झण्डा हल्लाउँदै संसद भवन पसेको गाडी झण्डा छोपेर बाहिरियो

झण्डा हल्लाउँदै संसद भवन पसेको गाडी झण्डा छोपेर बाहिरियो

  • बुधवार, आषाढ २२ २०७९

  • 1.1K
    SHARES

  • झण्डा हल्लाउँदै संसद भवन पसेको गाडी झण्डा छोपेर बाहिरियो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरिनु भएको थियो ।

    आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उहाँले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । शर्मामाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।

    राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उहाँले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिनुभयो ।

    1.PNG

    त्यसपछि शर्मा गाडीतिर अगाडि बढ्नुभयो । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह समेत गर्नुभयो। मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिनुभएको हो।

    उहाँ संसद् भवन प्रवेश गर्नुअघि प्रहरीले स्कर्टिङ गरेर लगेका थिए भने बाहिरिँदा पनि त्यही गाडीले नै स्कर्टिङ गरेको थियो ।

    2.PNG

     


    बुधवार, आषाढ २२ २०७९०७:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij