Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयोगको प्रस्ताव: मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरौँ

आयोगको प्रस्ताव: मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरौँ

  • बुधवार, आषाढ २२ २०७९

  • 585
    SHARES

  • आयोगको प्रस्ताव: मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरौँ
    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ। 
     
    बुधबार(आज) निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न प्रस्ताव गरेको हो।
     
    निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ को उपदफा १, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपधारा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरेको हो। 
     
    ‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो।
     
    जवाफमा प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।
     
    आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ । यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


    बुधवार, आषाढ २२ २०७९०५:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij