Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उच्च सुरक्षाकाबीच अर्थमन्त्री जनार्दन शर्मा संसद भवन प्रवेश

उच्च सुरक्षाकाबीच अर्थमन्त्री जनार्दन शर्मा संसद भवन प्रवेश

  • बुधवार, आषाढ २२ २०७९

  • 1.3K
    SHARES

  • उच्च सुरक्षाकाबीच अर्थमन्त्री जनार्दन शर्मा संसद भवन प्रवेश

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन केही बेरअघि बानेश्वरस्थित संसद भवनमा प्रवेश गर्नुभएको छ ।

    उहाँलाई संसद प्रवेश गर्दा सिटी पुलिसले सुरक्षा दिएको थियो । अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ ।

    एमालेनिकट युवासंघले शर्मालाई संसद भवन जानबाटै रोक्ने योजना बनाएको थियो । त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा दिइएको हो ।

    स्रोतका अनुसार अर्थमन्त्रीलाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झण्डा देखाउने तयारी गरेका युवा संघका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन ।

    आज प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी समेत गरेको छ ।


    बुधवार, आषाढ २२ २०७९०१:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij