Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सम्बन्धित दलले निर्णय गरेपछि मात्रै अर्थमन्त्रीलाई हटाइने : एनपी साउद

सम्बन्धित दलले निर्णय गरेपछि मात्रै अर्थमन्त्रीलाई हटाइने : एनपी साउद

  • बुधवार, आषाढ २२ २०७९

  • 825
    SHARES

  • सम्बन्धित दलले निर्णय गरेपछि मात्रै अर्थमन्त्रीलाई हटाइने : एनपी साउद

    काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सम्बन्धित दलले निर्णय गरेपछि मात्रै प्रधानमन्त्रीले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट हटाउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साउदले अहिलेको सरकार गठबन्धनको रहेको कारण मन्त्री हटाउने र प्रवेश गराउने सम्बन्धित दलकै अधिकार हुने भएकाले अर्थमन्त्री शर्मालाई पनि पदबाट हटाउने नहटाउने माओवादीले निर्णय गर्नुपर्र्नेे बताउनुभएको हो ।

    नेता साउदले भन्नुभयो, ‘यो संयुक्त मिलिजुली सरकार हो । यसमा मन्त्रीहरु हटाउनका लागि र राख्नका लागि सम्बन्धित दलहरुले नै सिफारीस गर्ने गर्छन्, त्यसकारण कसलाई हटाउने र कसलाई राख्ने भन्ने कुरा सम्बन्धित दलको दायित्व र निर्णय हो । सबै गठबन्धनका अंग हुन् हामीले हटाउने कुरा भएन ।’

    गठबन्धनदलको नेता त्यसमा पनि अर्थमन्त्रीजस्तो गम्भिर दायित्वमा रहेको मान्छेसँग सहकार्य नगरेर सरकार चल्न नसक्ने बताउँदै नेता साउदले अर्थमन्त्री पनि सरकारको अभिभावकीय अंग रहेको बताउनुभयो ।

    सरकार सञ्चालनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि असहज महसुस नगरेकाले कुनै पनि मन्त्री राख्ने वा नराख्ने निर्णय सम्बन्धित दलकै रहेकाले यसअघिका दलका मन्त्री फेरबदलबारेका सबै निर्णय प्रधानमन्त्रीले स्विकार गरेको दाब गर्नुभयो ।

    अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलगनता छैन मैले आफैंले बजेट बनाएको छु भन्दै आइरहेकाले प्रमुख प्रतिपक्षीले बिचौलियाको संलग्नता भनेर लगाएको आरोप पुष्टि गर्नु सक्नुपर्ने नेता साउदको भनाइ छ । अहिले जे कुरा बाहिर आएका छछन् त्यसको प्रमाण पनि आउनुपर्ने नेता साउदको जोड छ । यी सबै आरोपको पुष्टि गर्ने भार आरोप लगाउने प्रतिपक्षीमाथि रहने पनि नेता साउदको भनाइ छ ।


    बुधवार, आषाढ २२ २०७९०७:२०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij