Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पर्सा र बारामा सुरक्षाकर्मी र डाक्टरसहित १ सय ५६ जनामा देखियो कोरोना संक्रमण

पर्सा र बारामा सुरक्षाकर्मी र डाक्टरसहित १ सय ५६ जनामा देखियो कोरोना संक्रमण

  • आइतवार, भाद्र ७ २०७७

  • 911
    SHARES

  • पर्सा र बारामा सुरक्षाकर्मी र डाक्टरसहित १ सय ५६ जनामा देखियो कोरोना संक्रमण

    पर्सा । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

    पर्साका १ सय ४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् । नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

    यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । 

     


    आइतवार, भाद्र ७ २०७७११:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij