Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आलुको बोराभित्र ८३ लाख रुपैयाँ भेटियो

आलुको बोराभित्र ८३ लाख रुपैयाँ भेटियो

  • मंगलवार, आषाढ २१ २०७९

  • 902
    SHARES

  • आलुको बोराभित्र ८३ लाख रुपैयाँ भेटियो

    काठमाडौं । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट आलुको बोराभित्र राखेर नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो ।


    मंगलबार(आज) ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताउनुभयो ।

    बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।


    मंगलवार, आषाढ २१ २०७९०४:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij