काठमाडौं। पछिल्लो समय फेरी कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ । दोस्रो लहरपछि लगभग शून्य जस्तै भएको संक्रमण दर फेरी बढ्न थालेको हो ।
आज मात्रै थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आइसियुमा छन् ।