काठमाडौँको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् ।
आज बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली–गलौज गर्दै स्वास्थ्यकर्मीलाई आफ्नो होस्टेलमा नराख्न धम्क्याएका हुन् । सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई धक्याउँदै घर घेराउ गरिएको हो ।
बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमतिबिना किन स्वास्थ्यकर्मीलाई होस्टेलमा राखेको भनेर धम्की दिएको होटेल सञ्चालक रानाले बताउनुभयो ।
स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुव्र्यवहारका घटना हुँदै आएका छन् ।