Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ठमेल र कमलादीबाट करीब १० जना सडक बालबालिको उद्धार

ठमेल र कमलादीबाट करीब १० जना सडक बालबालिको उद्धार

  • शुक्रवार, आषाढ १९ २०७७

  • 941
    SHARES

  • ठमेल र कमलादीबाट करीब १० जना सडक बालबालिको उद्धार

    बालबालिका खोजतलास केन्द्रले काठमाडौंका ठमेल र कमलादीबाट करीब १० जना सडक बालबालिकाहरुलाइ उद्धार गरेकोछ । उद्धार गरिएका बालबालिकाहरुलाइ पहिले क्वारन्टिनमा राखी कोरोना मुक्त भए बालबालिका संरक्षण गृहमा र कोरोना संक्रमित भए आइसोलेसनमा राखिनेछ ।

    सडक बालबालिकाहरुले मास्क प्रयोग गर्ने गरेका छैनन । उनीहरुलाइ सेनीटाइजर बारेसमेत जानकारी नभएको केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभएकोछ । उहाँले सडक बालबालिकाहरुबाट उद्धारकर्ता कर्मचारीहरुलाइ आक्रमणको खतरा सँगै कोरोना सँक्रमणको समेत खतरा रहने बताउनुभयो ।

    केन्द्रले समय समयमा प्रहरीको सहयोगमा देशका बिभिन्न भागबाट सडक बालबालिकाहरुको उद्धार गर्ने गरेकोछ । सानैमा परिवारबाट त्याग गरिएका आमाबाबु नभएका वा घर छाडेर आएका बालबालिकाहरु सडकमा असुरक्षित जीवन बाँचीरहेका हुन्छन ।

    उनीहरु लागु पदार्थको दुर्व्यसनका साथै अपराधजन्य कार्यमा पनि सँलग्न भएको पाइने गरेको जानकारी केन्द्रले दिएकोछ ।


    शुक्रवार, आषाढ १९ २०७७०२:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij