काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।