Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

कार्यदलले औपचारिकतामात्र पूरा गरेर बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

कार्यदलले औपचारिकतामात्र पूरा गरेर बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

  • शनिवार, भाद्र ६ २०७७

  • 1.1K
    SHARES

  • कार्यदलले औपचारिकतामात्र पूरा गरेर बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन शनिबार बुझाएको हो ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिमा पार्टीको जारी विवाद समाधानका लागि साउन ३० गते कार्यदल गठन गरिएको थियो ।

    नेकपाको समग्र विवाद समाधान गर्न भन्दै गठन भएको कार्यदलले अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिनामसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाएको स्रोतको दाबी छ ।

    शुक्रबार नै प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी भएको भएपनि एक कार्यदल सदस्य भीम रावल अछाम गएकाले शनिबार बुझाइएको हो ।

    कार्यदललाई कुनै समयसीमा तोकिएको थिएन । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको कार्यदलमा सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जनालाई जिम्मेवारी तोकिएको थियो ।


    शनिवार, भाद्र ६ २०७७०५:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij